दमकडा मा.वि.ले विद्यार्थीलाई रेडियोबाट शिक्षण गर्दै ।

               दमकडाः लकडाउन (बन्दाबन्दि)को मुख्य मारमा आजको शिक्षा क्षेत्र परेको छ । फाल्गुण  महिना देखि विद्यालय आउन नपाएका बालबालिका अहिले घरमै बस्न   बाध्य छन् । बैसाख महिना हरेक शैक्षिक सत्रको पहिलो उत्साहित महिना हो । हरेक बर्ष जस्तै रमझम र उत्साहका साथ यो शैक्षिक सत्र सूचारु हुन सकेको छैन ।
              विद्यार्थिको नियमित शैक्षिक अभ्यासमा असन्तुलन आँउदा अभिभावकहरु चिन्तामा रहेको यस बिषयम परिस्थितिमा जिल्लाकै नमूना विद्यालयको रुपमा रहेको दमकडा नमूना मा.वि.ले आप्mना बालबालिकालाई सामुदायिक  रेडियो मदनपोखराको सहकार्यमा  कक्षा ६ देखि कक्षा १० सम्मका विभिन्न  बिषय अध्यापन गर्दै आएको छ ।

          चैत्रको अन्तिम हप्ताबाटै विभिन्न  खाले शैक्षिक अभ्यास सुरु गरेको विद्यालयले सूरुपहिलो चरणमाा कक्षा  १ देखि कक्षा  १० सम्मका  बिद्यार्थीलाई परियोजना कार्य निर्माण गरि शैक्षिक अभ्यास सूरुवात गरेको थियो । चैत्र महिनाको २८ गते विद्यालको सामाजिक संजाल फेसबूक तथा  वेवसाईटको प्रयोग गरि नतिजा प्रकाशन गरेको विद्यालयले निर्धारित  समय भित्रै पाठ्यपुस्तक विद्यर्थीको घरदैलोमै बितरण गरेको थियो ।
          पहिलो चरणकाके परियोजना कार्य सके लगत्तै दास्रो र तेस्रो चरणको पाठ्यक्रममा आधारित परियोजना कार्य समेत विद्यार्थी समक्ष पेश गरेको विद्यालयका सहायक प्रधानाध्यापक तथा  शैक्षिक  ईन्चार्ज होत्रीराज ढुंगानाले जानकारी दिनु भयो । त्यस्तै विद्यालय सेवा क्षेत्रबाट टाढा  रहेका  बालबालिकालाई नियमित शैक्षिक कार्यमा  अभ्यस्त गराउन  विद्यालयले सामुदायिक रेडियो मदनपोखराबाट नियमित  अध्यापन  गर्दै आएको विद्यालयका  प्रधानाध्यापक मोहन  प्रसाद सापकोटाले जानकारी दिनुभयो ।
Share:
Copyright © Damkada Model Secondary School | Design by:- Mohan Pyakurel |